निर्वाचनको तयारीमा एमाले, सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सुरू गर्दै

13.7k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ । आजदेखि नेकपा एमालेले चुनावी प्रशिक्षण सुरु गर्न लागेको छ । एमाले अध्यक्ष केपी ओलीले आज एक भर्चुअल कार्यक्रममार्फत सातै प्रदेशमा एकसाथ ‘स्थानीय तह निर्वाचन तयारी केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम’ उद्घाटन गर्न लागेका छन । 

 

एमालेको थापाथलीस्थित पार्टी कार्यालयबाट दिउँसो १ बजे अध्यक्ष ओलीले उक्त प्रशिक्षण उद्घाटन गर्ने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

 

रिजालका अनुसार प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय कमिटीका पदाधिकारी, सदस्य, प्रदेश कमिटीका पदाधिकारी, संघीय सांसद, प्रदेश सभा सदस्य तथा जिल्ला कमिटीका पदाधिकारी तथा प्रशिक्षणका लागि तोकिएका प्रशिक्षार्थीहरु भर्चअल माध्यमबाटै सहभागी हुनेछन् ।

 

सरकारले चुनावको मिति घोषणा गरेपछि एमाले चुनावकेन्द्रित भएको हो । अगामी २०७९ सालको वैशाख ३० गते देशभरका स्थानीय तहमा एकै चरणमा निर्वाचन गर्ने मन्त्रिपरिषदले निर्णय गरिसकेको छ ।

 

ताजा अपडेट
सम्बन्धित समाचार