मंसिरदेखि स्थगित प्रदेश १ को प्रदेशसभा अनिश्चित,यस्तो छ कारण

12.9k Shares

काठमाडौँ । गत मंसिर १ गते मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि स्थगित भएको प्रदेश १ को प्रदेशसभा अहिलेसम्म बस्न सकेको छैन ।

सत्ता गठबन्धन भित्रको आन्तरिक किचलोका कारण बैठक अनिश्चित बनेको हो । सरकारले बिजनेस नदिएका कारण बैठक बस्ने टुंगो नभएको प्रदेशसभा सचिवालय स्रोतको दाबी छ । 

गत कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका राईले तीन महिनापछि आइतबार मन्त्रिपरिषद् विस्तार गरे । मन्त्रिपरिषद् विस्तार गर्दा सातवटा मन्त्रालय विभाजन गरी १३ बनाएका छन् । भागवण्डाका लागि मन्त्रालय विभाजन गरेपछि चर्को आलोचना खेपिरहेको प्रदेश सरकार संसद छल्न खोजिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आरोप छ । भागवण्डाका लागी मन्त्रालय विभाजन र कार्यालय खारेज गर्न व्यस्त रहेको सरकारले संसदलाई छल्न खोजेको ऐमालेको तर्क छ ।


मुख्यमन्त्री राजेन्द्र राईले माघ २० भित्र संसद बैठक बोलाउने सार्बजनिक अभिव्यक्ति दिएका थिए । तर अझै बैठक बोलाउन सकेका छैनन् । मुख्यमन्त्रीले दिएको डेडलाइन कटेपनि बैठक नबोलाउँदा सत्ता गठबन्धनभित्रै असन्तुष्टि बढेको छ । 

प्रदेश १ सरकारका यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरे फागुन पहिलो साताबाट स्थगित भएको बैठक सुरु हुने बताउँछन् । बैठकका लागि सरकारले तयारी गरिरहेको उनको दाबी छ । 

ताजा अपडेट
सम्बन्धित समाचार