कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दोस्रो दिनको बैठक सानेपामा शुरू, के–के छन् एजेण्डा 

10.3k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दोस्रो दिनको बैठक शुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो बैठक शुरू भएको हो । 

बैठकमा अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी अनुमोदन, स्थानीय तह चुनावको लागि रणनीति बनाउने, भातृ संस्थाको महाधिवेशन लगायत एजेण्डा छन् । बिहीवारको बैठकमा बोल्ने नेताहरूले एमसीसी अनुमोदन गर्नुपर्ने धारणा राखेका थिए । 


बहुसंख्यक सदस्यहरू एमसीसी अनुमोदनको पक्षमा देखिएकोले अनुमोदन गर्ने निर्णय हुने कांग्रेस स्रोतले जनाएको छ ।  प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको आग्रहपछि हिजोको बैठकमा बोलेका केन्द्रीय सदस्य डा रामशरण महतले एमसीसी अनुदान गुमाउन नहुने धारणा राखेका थिए । 

ताजा अपडेट
सम्बन्धित समाचार