आज पनि बालुवाटारमा गठबन्धनका शीर्ष तीन नेताबीच भेटवार्ता, भेटवार्ता लगतै प्रचण्ड किन हानिए मधेसतिर ?

11.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच आज पनि बालुवा टारमा भेटवार्ता भएको छ । 

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो । 


एमसीसीको विषयलाई लिएर भएको उक्त भेटवार्तामा प्रधानमन्त्री देउवाले संसदमा एमसीसी टेबल गरेर अघि बढ्नुपर्ने पुरानै अडान दोहोर्याएका थिए भने प्रचण्ड र नेपालले संशोधनबिना अघि बढाउन उचित नहुने पूर्ववत अडान राखेको बालुवाटार स्रोतले जनाएको छ ।  


तीन नेताबीच शनिबार पनि छलफल भएको थियो ।  प्रधानमन्त्रीसँगको भेटवार्तापछि अध्यक्ष प्रचण्ड आइतबार नै जनयुद्ध दिवसका विभिन्न कार्यक्रममा सहभागी हुन मधेस प्रदेश हिँडेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार