मार्गप्रशस्त नगरेपछि महाअभियोग दर्ता गर्नु परेको हो : देव गुरुङ

9.1k Shares
सम्बन्धित पार्टी

काठमाडौं । न्यायलयको ‘डेडलक’ फुकाउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मार्गप्रशस्त नगरेपछि महाअभियोग दर्ता गर्नु परेको माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताएका छन । 


जबराविरुद्ध पाँच दलीय गठबन्धनका ९८ सांसदले आज मात्रै महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । प्रस्ताव दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले भने, ‘न्यायालयको कार्यभार पूरा गर्न सक्नु भएन । निश्पक्ष न्याय सम्पादन गर्न र न्यायालयको स्वच्छ छवि स्थापित गर्न सक्नु भएन ।’


लामो समयसम्म न्यायालयको समस्या अदालतभित्रबाट हल होस् भन्ने चाहेको भए पनि प्रधानन्यायाधीश जबराले निकास नदिएको उनको भनाई छ  । आफूहरु बाध्य भएर उक्त कदम चाल्नुपरेको गुरुङले जिकिर गरेका छन । 

ताजा अपडेट
सम्बन्धित समाचार