काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेता कमल थापाले आफ्नो नेतृत्वको पुरानो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ब्युँत्याएका छन् ।
तत्कालीन राप्रपा नेपालको अध्यक्ष छँदा पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका पार्टीसँग एकता गरी थापाले राप्रपा गठन गरेका थिए ।
त्यसपछि उक्त पार्टी लाक्पा तामाङको नेतृत्वमा निस्क्रिय थियो । राप्रपा परित्याग गरेको एक सातामै थापा राप्रपा नेपालको अध्यक्ष बनेका छन् । लाक्पा तामाङले भने आज विज्ञप्ति जारी गर्दै आफ्नो अध्यक्ष पद थापालाई हस्तान्तरण गरेको जानकारी दिएका छन् । उनले आफू यही पार्टीमा रहने र यसलाई बलियो बनाउने दाबी समेत गरेका छन् ।
थापाले पनि विज्ञप्ति जारी गर्दै शुभचिन्तक र निकटस्थहरूको सुझावरसल्लाह बमोजिम पुरानो पार्टीलाई पुनर्जाग्रित गरेको जनाएका छन् ।

