काठमाडौं । आज पोखराको गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै भने “आफूहरुमाथि सम्पूर्ण रुपले अत्यन्तै तीव्र रुपमा प्रहार भएको छ । आफुलाई शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला” उहाँले बताएका छन् ।
देश बनाउने पार्टीको भविष्य अन्धकार लैजान दिनुहुँदैन र आफू नरहे पनि पार्टीको भविष्य अन्धकार जान नदिन उनले कार्यकर्ताहरुलाई अपिल गरे । प्रधानमन्त्री ओलीले हरेक परिस्थितिको सामना गर्ने पनि उहाँले बताउनु भएको छ ।