जबराविरुद्धको महाअभियोग प्रस्तावबारे जसपाको यस्तो प्रतिक्रिया ?

11.6k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्धको महाअभियोग प्रस्तावबारे  सत्ता गठबन्धन भित्र छलफल नभएको जसपाले जानकारी दिएको छ । 

 सत्ता गठबन्धनका  तीन मुख्य घटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दर्ता गरेको प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्धको महाअभियोग प्रस्तावबारे कुनै छलफल नभएको जसपाले जनाएको हो 


महाअभियोगमा सत्ता गठबन्धनकै जसपाका सांसदको हस्ताक्षर छैन । सत्ता गठबन्धनमा छलफल भएर महाअभियोग प्रस्ताव नआएको जसपा केन्द्रीय सदस्य विश्वदीप पाण्डेको भनाई छ ।  उनले पार्टीका शीर्ष नेतालाई पनि यसबारे जानकारी नरहेको दाबी गरेका छन । 

 अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराईलाई पनि जानकारी नभएको पाण्डेले बताएका छन् । जसपाले महाअभियोगबारे आफ्नो धारणा आधिकारिक रुपमा तय गर्न बाँकी रहेको उनले बताएका छन ।

ताजा अपडेट
सम्बन्धित समाचार