कांग्रेसले बोलायो संसदीय दलको बैठक,महाअभियोग प्रस्तावमा यस्तो भूमिका खेल्दै

14k Shares
सम्बन्धित पार्टी

 काठमाडौं । नेपाली कांग्रेसले मंगलबार बिहान नौ बजे संसदीय दलको बैठक बोलाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको हो ।


मंगलबार संघीय संसद भवनको ल्होत्से हलमा दलको बैठक बस्ने नेपाली कांग्रेसले जनाएको छ । कांग्रेससहित सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

 

ताजा अपडेट
सम्बन्धित समाचार