काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनले अस्थिरता निम्त्याउन खोजेको आरोप लगाएका छन्।
एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले गठबन्धनले अस्थिरता निम्त्याउन खोजेको आरोप लगाएका हुुन । उनले भने, ‘अस्थिरताधारी शक्तिहरू, लोकतन्त्रलाई व्यवधान पुर्याउने खोजे। संविधान कार्यान्वयनमा असफल बनाउन लागिरहेका छन्।’
पाँच दलीय गठबन्धनले राजनीतिको अस्वाभाविक कृत्रिम र अस्वाभाविक ध्रुवीकरण गराएको पनि उनको आरोप थियो।
आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठको प्रस्तावमा गठबन्धनका ९८ जना सांसदको समर्थनमा महाभियोग प्रस्ताव गरेका गरेका थिए।
आजका बैठकले सोही महाभियोगको प्रतिवाद गर्ने आवश्यक निर्णय लिने बताइएको छ।