काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भारतमा स्वास्थ्य परीक्षणपछि आज स्वदेश फर्किँदैछन्। भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको पुष्टिले स्वदेश आउनु भएको हुनेछ ।
नेपालमा परीक्षणका क्रममा न्युरो इन्डोक्राइन ट्युमरको शंका गरिएका भट्टराईलाई भारत रेफर गरेको थियो त्यस क्रममा चिकित्सकहरूले भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको निष्कर्ष निकालेका थिए। उनको बायोप्सी, इन्डोक्राइन अल्ट्रासाउण्ड, पेट सिटी स्क्यानलगायतका परीक्षण गरिएको थियो। ट्युमरलाई भने दुई/तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने चिकित्सकले सुझाव दिएका छन्। बेलैमा शल्यक्रिया नभएमा भने क्यान्सरको खतरा हुनसक्ने चिकित्सकहरुले सचेत गराएका उनले जनाएका छन् भट्टराईको दिल्लीस्थित यकृत एवंम पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गरिएको हो।