काठमाडौँ । कांग्रेस महामन्त्री गगन थापाले प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव ढिलो भएपनि सही निर्णय भएको बताएका छन् ।
बनेपामा नेपाली कांग्रेस काभ्रेले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले न्याय क्षेत्रमा रहेको गतिरोध अन्त्यको लागि महाअभियोग आवश्यक रहेको तर्क गरेका छन । महाअभियोग पास हुने र नहुनेबारे यसै भन्न नसकिने भन्दै उनले यसबारे संसद्ले नै निर्णय गर्ने उल्लेख गरेका छन ।
एमसीसीबारे अनावश्यक छलफल भएको भन्दै उनले छिटो भन्दा छिटो संसद्मा प्रवेश गराएर अनुमोदन गर्नुपर्ने बताए । २०६८ सालयताका सबै सरकारले एमसीसी स्वीकारेर प्रक्रियाअघि बढाएको भन्दै देशमा ठूलो पूर्वाधार बन्नको लागि वैदेशिक सहायता आवश्यक भएको थापाको तर्क थियो ।
वैशाख ३० गते तोकिएको निर्वाचन कुनै पनि हालतमा नटर्ने भन्दै उनले गठबन्धनबारे निर्णय सम्बन्धित तहका पार्टी कमिटीले नै गर्ने बताएका छन् ।