सिंहदरबारमा सर्वदलीय बैठक जारी,एमालेबाहेक सबै दल सहभागी

9.5k Shares

काठमाडौँ । सभामुख अग्नि प्रसाद सापकोटाले बोलाएको  सर्वदलीय बैठकमा एमालेबाहेक संसद्‍मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरू सहभागी भएका छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरू बैठकमा सहभागी छन् ।


प्रधानन्यायाधीशविरुद्धको महाअभियोग लगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठकको छलफल केन्द्रित हुने बताइएको छ । आइतबार प्रधानन्यायाधीशमाथि महाअभियोग दर्ता गरेपछि यसबारे छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका थिए ।

नेकपा एमालेले भने सर्वदलीय बैठकमा सहभागी नहुने भन्दै सोमबार बिहानै जनाएको थियो । सभामुखको भूमिका र सरकारको गतिविधिप्रति आपत्ति जनाउँदै एमालेका नेताहरूले सर्वदलीय बैठकमा सहभागी नहुने बताएका हुन् ।

ताजा अपडेट
सम्बन्धित समाचार