काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले महाअभियोग ल्याएर स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् ।
एमाले संसदीय दलको बैठकपछि भट्टराईले स्थानीय चुनावमा गडबडी गर्ने योजना रहेकोले महाअभियोग ल्याएको आरोप लगाएका छन ।
भट्टराईले नेपाली कांग्रेस ‘नियोजित षड्यन्त्र’ मा फसेको समेत दाबी गरे । उनले भने, ‘सत्ता पक्ष र प्रतिपक्षबीच द्वन्द्व बढाएर मुलुकलाई असफल राष्ट्रतिर धकेल्ने नियोजित षड्यन्त्रमा नेपाली कांग्रेस फस्यो ।’