एमसीसी विरुद्ध आज २२ दलीय गठबन्धनले गरे विरोध प्रदर्शन,कुन कुन पार्टी सहभागी थिए ?

12.1k Shares

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध आज २२ दलीय गठबन्धनले विरोध प्रदर्शन गरेको छ ।

विभिन्न २२ दलको संयुक्त गठबन्धनले एमसीसी सम्झौता खारेजीको माग गर्दै काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्‍वरसम्‍म विरोध प्रदर्शन गरेको हो ।

उनीहरुले एमसीसी सम्झौता खारेज गर, एमसीसी चाहिँदैन, देश बेच्‍न पाइदैन,नेपाल विदेशी स्वार्थका लागि परेड खेल्‍ने ठाउँ होइन लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका थिए ।

प्रदर्शनमा नेकपा (मसालं, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्चलगायत सहभागी रहेका थिए ।

 

ताजा अपडेट
सम्बन्धित समाचार