कांग्रेसको संसदीय दलको बैठक जारी, जबराविरुद्धको महाभियोग प्रस्तावमा के आउला निश्कर्ष ?

11.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा जारी छ। बैठक केहीबेर मात्र अघि  सुरु भएको हो। 

सत्तागठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि त्यसबारेमा छलफल गर्नका लागि कांग्रेस संसदीय दलको बैठक बसेको हो। 

बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा पनि छलफल हुने कांग्रेस स्रोतले जनाएको छ। 

त्यस्तै पछिल्लो राजनीतिक अवस्था र आगामी स्थानीय तहको निर्वाचनका बारेमा पछि बैठकमा छलफल हुने बताईएको छ। 

ताजा अपडेट
सम्बन्धित समाचार