एमसीसीको विरोध गर्ने विकास विरोधी हो : सुजाता कोइराला

9.8k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विरोध गर्नेहरू विकास विरोधी भएको आरोप लगाएकी छन् । 


एमसीसी देशको हितमा रहेकोले पारित गर्न ढिलाइ गर्न नहुने उनको भनाइ छ । मंगलवार बसेको कांग्रेस संसदीय दलको बैठकपछि कुरा गर्दै कोइरालाले अन्य दलले दोहोरो मापदण्ड देखाएकोले कांग्रेसले पास गर्ने आँट गर्नुपर्ने बताएकी हुन् । 


‘हामीले आँट गरेर अगाडि बढाउनु पर्छ, हरेक पार्टीको प्रधानमन्त्रीले दोहोरो मापदण्ड देखाए,’ कोइरालाले भनिन्, ‘नेपाल गरीब छ तर जहिले पनि विकास आउन दिँदैन, ठूला आयोजना आउन नदिने एउटा समुदाय छ उसले बिगार्ने षड्यन्त्र गरिरहेको हुन्छ, हामीले अठोट गरेर अगाडि बढाउनुपर्छ,’ कोइरालाले भनिन् ।  

 

कोइरालाले भोलिको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने तयारी रहेको समेत उनको भनाई छ । 

ताजा अपडेट
सम्बन्धित समाचार