मन्त्री आलेको अश्लील गाली सामाजिक सञ्जालमा भाइरल, वास्तविक कुुरा के हो त ?

16.8k Shares

 काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अश्लील शब्द प्रयोग गर्दै एक व्यक्तिलाई गाली गरेको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

 उनले अछाम घर भइ भारतको मुम्बई बस्ने जगत ओलीलाई गरेको गाली सामाजिक सञ्जालमा यतिबेला सार्वजनिक भएको हो ।

मन्त्री आलेले अश्लील शब्द प्रयोग गरे पछि उनको आलोचना  भइरहेको छ । तर, पर्यटनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ ।

निरन्तररूपमा मन्त्री आले तथा नेकपा एकीकृत समाजवादीका  नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले विरोध जनाएका छन । 

सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवम् व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दोषीमाथि कडा कारबाही गर्न स्वकीयसचिव रेग्मीले आग्रह गरेका छन । 

मन्त्री आलेमाथि सुदूरपश्चिम प्रदेशको अछाम घर भइ अहिले भारतको मुम्बई बस्दै आएका जगत ओलीको नामबाट निरन्तररूपमा उनीमाथि ब्ल्याकमेल गर्ने, उनलाई उत्तेजित गर्ने र त्यही विषयलाई सामाजिक सञ्जालमा राख्ने तथा धम्क्याउने काम भएको भन्दै सचिवालयले खेद प्रकट गरेको छ ।

मन्त्री आलेले पछिल्लो समय जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका केही व्यक्तिले मन्त्री आलेविरुद्ध षड्यन्त्रपूर्वक उत्तेजित पार्न खोजिएको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरिएको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार