महाअभियोगविरुद्ध हामी गोला बारुद तयार पारेर बसेका छौँ : ईश्वर पोखरेल

14.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ ।  नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेले महाअभियोगविरुद्ध गोला बारुद तयार पारेर बसिसकेको बताएका छन् ।

जनकपुरमा आयोजित नेकपा (एमाले) मधेश प्रदेश स्तरीय स्थानीय निर्वाचनको तयारी केन्द्रित अभिमुखीकरण कार्यक्रम बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेल महाअभियोगमा एमालेले सुझबुझका साथ डटेर सामाना गर्ने बताएका हुन् ।

त्यस्तै उनले गलत नियतका साथ गठबन्धनले प्रधानन्यायाधीशविरुद्ध ल्याएको महाअभियोगको सामाना एमालेले कमजोर ढंगले नगर्ने चेतावनी दिएका छन ।

गठबन्धनले सर्वोच्च अदालतमा सभामुख अग्नि सापकोटाविरुद्ध तथा एमालेले कारवाही गरेका माधव नेपालसहित १४ जना सांसदहरुको मुद्दा प्रभावित पार्न, गठबन्धन कायम गर्न, स्थानीय तहको निर्वाचन नगराउन महाअभियोगको नाटक मञ्चन गरेको उनको आरोप छ ।

ताजा अपडेट
सम्बन्धित समाचार