कानुनमन्त्री बडू र अस्ट्रेलियन राजदूतबीच भेटवार्ता,के भयो कुराकानी ?

10.3k Shares

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू र नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कबीच भेटवार्ता भएको छ । मंगलबार राजदूत भोल्क मन्त्रालयमा पुगेर भेटवार्ता गरेकी हुन् ।

भेटको क्रममा मन्त्री बडू र राजदूत भोल्कबीच नेपाल र अस्ट्रेलियाको दुईपक्षीय मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउने लगायत विविध समसामयिक विषयमा छलफल भएको छ।


मन्त्री बडूले नेपालको विकासका लागि अस्ट्रेलियाले विविध क्षेत्रमा गरिरहेको सहयोग र कोभिड–१९ महामारी नियन्त्रण गर्न स्वाथ्य क्षेत्रमा गरेको सहयोगका लागि धन्यवाद प्रकट गरेका थिए।

उनले न्यायमा नागरिकको सहज पहुँच, नेतृत्व विकास, स्वच्छ ऊर्जा, संघीयता सुदृढीकरण र विकासका विविध सवालमा अस्ट्रेलियाले हासिल गरेको अनुभव नेपालका लागि समेत उपयोगी हुने बताएका थिए ।

कानुनमन्त्री बडूले नेपाल र अस्ट्रेलियाबीच सरकार र सरकारबीच मात्र नभई सामाजिक रुपमा समेत बलियो सम्बन्ध रहेको भन्दै नेपाली विद्यार्थीहरूको प्रमुख गन्तव्यका रुपमा रहेको अस्ट्रेलियामा पठनपाठन सहज हुने व्यवस्थाका लागि राजदूत भोल्कको ध्यानाकर्षण गराए ।

 

ताजा अपडेट
सम्बन्धित समाचार