काठमाडौँ । नेकपा एमालेले सभामुख अग्नि सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक बहिस्कार गरेको छ ।
एमालेले आफूहरुका माग पूरा नभएसम्म कार्यव्यवस्था परामर्श समितिमा जानुको औचित्य नरहेको बताएको छ ।
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार आजको बैठक पनि एमालेले अवरोध गर्नेछ ।