काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी संसदमा टेबल गराउने प्रयास गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुगेका छन्।
माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसिसी एकलौटी रुपमा अगाडि बढाउन खोजे गठबन्धन र एमसिसी दुवै छाड्ने भएको छ।
प्रतिगमनविरुद्ध बनेको गठबन्धन भए पनि एमसिसीको पक्षमा यही अवस्थामा साथ दिन नसक्ने माओवादी नेता गिरिराजमणि पोखरेलले बताए। उनले भने, ‘हामी संशोधनबिना एमसिसी संसदमा लान हुँदैन भन्ने पक्षमै छौँ। उहाँले जबरजस्त गर्न खोजे गठबन्धन र सरकार दुवैमा रहदैनौँ।’