संसदमा आज एमसीसी पेश नगर्ने, देउवा र प्रचण्डबिच के भयो त्यस्तो कुराकानी  ? 

8k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

काठमाडौं । प्रतिनिधिसभामा आज अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पेश नहुने भएको छ।

 प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच आज भएको भेटमा एमसीसी पेश नगर्ने निर्णय भएको हो।

‘दुई नेताहरुबिचको छलफलमा आज एमसीसी टेबल नगर्ने सहमति भएको  प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका हुन । 

सरकारले आज संसदमा एमसीसी पेश गर्ने तयारी गरे पछि माओवादी केन्द्रको बसेको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने चेतावनी दिएको थियो।

माओवादीका प्रमुख सचेतक देव गुरुङले गठबन्धनमा सहमति नभइ एमसीसी पेश भए गठबन्धन तोडिने र आफूहरु सरकारबाट बाहिरिने बताएका थिए। माओवादीले संसदमा एमसीसी पेश गर्न तीनवटा शर्तहरु अघि सारेको थियो।

 

ताजा अपडेट
सम्बन्धित समाचार