काठमाडौं । एमसीसीको विरोधमा काठमाडौंको नयाँ वानेश्वरस्थित एभरेष्ट होटलअगाडि भएको प्रदर्शनले उग्र रूप लिएको छ। प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि यतिबेला सो क्षेत्र तनावग्रस्त भएको छ।
प्रदर्शनकारीहरु संसद भवनको मुख्य गेटमा प्रहरी घेरा तोडेर अघि बढेका छन् । प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन र तितरवितर पार्नका लागि पानीको फोहोराले हिर्काएको छ

प्रहरीले पनि प्रदर्शनकारीमाथि पानीको फोहोरा चलाएको थियो । एमसीसीको विरोधमा आज माओवादीनिकट वाईसीएल र अनेरास्ववियू क्रान्तिकारीले वानेश्वर क्षेत्रमा प्रदर्शन गरेको हो।

