काठमाडौं । प्रतिनिभिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगति भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधबिच प्रतिनिधि सभा बैठक सुरु भएको थियो।
आफूले कारवाही गरेका सांसदहरुलाई हटाउन माग गर्दै एमालेले सदन अवरुद्ध गर्दै आइरहेको छ। एमालेको अवरोधबिच बैठकमा कानुन मन्त्री दिलेन्द्र बडुले थारु आयोगको वार्षिक प्रतिवेदन पेश गरेका थिए।
यस्तै, बैठकमा तीन पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव पेश गरिएको थियो। शोक प्रस्ताव पारित भएपछि सभामुख अग्नि सापकोटाले शुक्रवार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका थिए।
आजको बैठकमा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन पेश हुने बताइएको थियो। तर, सत्तारुढ गठबन्धनमा नै एमसीसीलाई लिएर मतभेद हुँदा आजको कार्यसूची एमसीसी परेन।
एमसीसी पेश गर्न लागेपछि संसद भवन बाहिर प्रदर्शन भइरहेको छ। सत्तारुढ दल नै एमसीसीको विरोधमा सडकमा ओर्लिँदा आज प्रस्ताव अघि बढ्न नसकेको हो।