फागुन ६ मा संसदमा एमसीसी टेबल हुने कानुनमन्त्री बडूको दाबी

8.9k Shares

 काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले दलहरुबीच सहमति जुटाएर अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी फागुन ६ गते संसद बैठकमा टेबुल गने दाबी गरेका छन । 

बुधबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री बडुले एमसीसी टेबुल गर्ने विषयमा दलहरुबीच थप छलफल आवश्यक परेकाले सहमति जुटाएर फागुन ६ गते पेश गर्ने बताएका हुन् ।

आजसम्म नजुटेको सहमति अब दुई दिनमा जुट्छ भन्ने के ग्यारेन्टी छ भन्ने पत्रकारको प्रश्नमा मन्त्री बडुले भने, ‘हुनसक्छ । कहिलेकाहीँ एकै रातमा सहमति हुन्छ ।’ उनले अघि भने, ‘६ गते टेबुल गर्ने सहमति बनाउँदैछौं । त्यसका निम्ति आज र भोलिको दिनको प्रतीक्षा गरौं ।’

बुधबारको प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी टेबुल गर्ने तयारी गरेको थियो । तर सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच नै सहमति नजुटेपछि पेश नभएको हो ।

 

ताजा अपडेट
सम्बन्धित समाचार