काठमाडौँ । नेकपा एमाले सचिव तथा सांसद योगेश भट्टराई आफ्ना माग सम्बोधन नगरेसम्म संसद चल्न नदिने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले एमालेले उठाएको विषयलाई सम्बोधन नगरी राखिने बैठकमा अवरोध भइरहने बताएका हुन् ।
“हामीले जे कुरा उठाएका छौँ त्यो समाधानका लागि सभामुख र प्रधानमन्त्रीले सार्थक पहल गर्नु पर्यो । हामीले जेन्युन इसु उठाएका छौँ । त्यो इसुमा सभामुखको लापरबाही देखियो, सभामुखको पक्षधरता देखियो ।”
प्रधानमन्त्रीले संसद चलाउनै नचाहेको समेत उनको आरोप थियो । एमालेले आफूले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग गर्दै आएको छ ।