नागरिकता र पार्टीको परिचयपत्र बिना प्रवेश निषेध – छ यस्तो कारण (नेकपा प्रचण्ड-नेपाल)

11k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

कामठाडौं :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड – नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज बुधवार दिउँसो १ बजे पेरिसडाँडा, कोटेश्वरमा बस्न लागेको हो । पछिल्लो विकसित राजनीतिक घटनाक्रम बारे रणनीति बनाउने १७  गते सोमवार बसेको प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठकले पार्टीको केन्द्रीय र सचिवालय बैठक बोलाउन गरेको निर्णय बमोजिम नै आज बस्न लागेको स्रोतले जनाएका जनाएका छन् ।

आजको बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आउँदो २३ गते संसद बैठक आह्वान भईसकेकोले अब कसरी प्रस्तुत हुने लगायतका विषयमा पनि छलफल हुन् लागेको बताएका छन् । सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको निर्णय सुनाएसँगै आगामी सरकार गठनका लागि चितवनबाट फर्के लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी जसपाका नेताहरुलाई समेत भेटेर छलफल गरेको  थियो ।  आज बस्न लागेको बैठकमा नेकपा का ओली समर्थकहरुको  प्रवेश नहोस त्यसको लागि केन्द्रीय सदस्यहरुलाई आ-आफ्ना सक्कल नागरिकता र पार्टीको परिचय पत्र सहित उपस्थित हुन आग्रह गरिएको छ । 

 

ताजा अपडेट
सम्बन्धित समाचार