काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।
देउवा र प्रचण्डबीच आज बिहान बालुवाटारमा भेटवार्ता भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । उक्त छलफलपछि गठबन्धनको बैठकको समय दुई घण्टा सारिएको छ ।
यसअघि, देउवा र प्रचण्डबीच बुधबार भएको छलफलपछि आज दिउँसो ३ बजेका लागि गठबन्धनको बैठक तय गरिएको बैठक आज बेलुका ५ बजे बस्ने भएको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा नै अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गर्ने चर्चा थियो । तर, माओवादी केन्द्रले एमसीसीमा जबरजस्ती गरिए सरकार छाड्ने निर्णय गरेपछि देउवा पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक बोलाउन तयार भएका थिए ।
आज एमसीसीका विषयमा ‘निर्णायक’ छलफल हुन लागेको बताइएको छ ।