काठमाडौँ । एमसीसीका कारण यतिबेला नेपालको राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ ।जस्ताको त्यस्तै एमसीसी पास गर्ने काँग्रेसको रणनितिका कारण सत्ता गठबन्धन टुट्ने डर पैदा भएको छ । डर पैदा भएको मात्रै होईन बुधबार नै माओवादिले चेतावनी दिएको थियो । बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने अडानबाट प्रधानमन्त्री शेरबहादुर देउवा ‘ब्याक’ नभएका भए सरकारबाट माओवादी केन्द्र बुधबार नै बाहिरिने थियो । गठबन्धन भित्रको यहि असमझदारीले केहि दिन देखि निरन्तरता पाएको छ ।
‘यस्तो अवस्थामा गठबन्धनको मन्त्रिपरिषद आज अन्तिम हुनपनि सक्छ’ एक मन्त्रीले बताएका छन । यसको मत्लव आजको बैठकमा कुरा नमिले गठबन्धनको आयु आज साँझ ५ बजे सम्म मात्रै रहने निश्चित जस्तै छ । आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एमसीसीलाई कसरी अघि बढाउने भन्नेबारेमा बालुवाटारमा छलफल भएपनि सहमति जुट्न सकेको छैन ।
यता, सूचना तथा सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र माओवादीका केही नेताबीच भएको छलफलमा माओवादी नेताहरुले सहमति विना एमसीसी अघि नबढाउन गरेको आग्रहमा कार्कीले देउवाकै बोली बोल्दै शुक्रबारको बैठकमा एमसीसी टेवल गरेरै छाड्ने अडान दोहोर्याएका छन् । यस्तै मंगलबार अमेरिकी राजदूत र्याण्डिबेरीले केही पत्रकारहरुसँगको भेटमा बहुमतका नाममा संसदमा लज्जाजनक उपस्थितिबाट एमसीसी पारित गर्दा अन्तर्राष्ट्रिय रुपमा नकारात्मक सन्देश जाने संकेत गर्दै केही लचक भएको संकेत गरेका थिए । तर प्रधानमन्त्री र काँग्रेसका मन्त्रीहरु भने जसरी पनि एमसीसी अघि बढाएरै छोड्ने मनस्थितिमा पुगेकाले सम्भवत आज सत्ता गठबन्धन पुन टुटने देखिएको छ ।
किन देउवा हतारमा एमसीसी पास गर्न खोज्दैछन ?
अमेरिकाले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी सम्झौता आगामी फागुन १६ गतेभित्र संसदबाट पास गराउन चर्को दबाव दिएपछि उनी जसरी पनि एमसीसी अघि बढाउन अघि सरेका हुन । अमेरिकाको दबावका कारण देउवा सत्ता साझेदार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको असहमतिका बीच एमसीसी अघि बढाउन लागिपरेको बुझिन्छ । देउवाको एमसीसी अघि बढाउने चाल पाएका सत्ता गठबन्धनका नेता पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मंगलबार बिहानै प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगे । उनीहरुबीच करिव आधा घण्टा छलफल भयो । सो छलफलमा एमसीसी अघि बढाउने कि केही दिन थाती राख्ने भन्नेमा कुनै सहमति जुट्न सकेन ।
लगत्तै देउवाले मंगलबार नै संसदीय दलको बैठक बोलाएर एमसीसी अघि बढाउने निर्णय गराए । दलको बैठक बसिरहेको स्थानबाट प्रधानमन्त्री देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था परामर्श समितिको बैठक राख्न दबाव दिएका थिए ।
उता प्रधानमन्त्री देउवा एमसीसीबाट पछि नहट्ने देखेपछि माओवादी केन्द्रले बुधबार नै सत्ता गठबन्धन फुटाउने चेतावनी नदिएको पनि होईन । माओवादीले सरकार छोड्न सकिने निर्णय गर्ना साथ देउवा ठुलै खाडमा भासिए । गठबन्धन टुटे नत प्रचण्डको पाईने नत बहुमतले एमसीसी नै पास हुने । दुबै तर्फको घाटा देखि सके पछि देउवा एक कदमपछि हट्दै प्रचण्डलाई बालुवाटार बोलाए । सिंहदरबारमा दलको बैठक सकेर त्यहीँबाट प्रचण्ड सिधै बालुवाटार हानिए । बालुवाटारमा देउवा र प्रचण्डबीच एक घण्टा लामो छलफल भयो । दुई नेताबीच भएको छलफलमा देउवा र प्रचण्ड दुबै विहीबार गठबन्धनको बैठक बोलाएर सहमतिका लागि अन्तिम प्रयास गर्न सहमत भए ।
सत्तापक्षकै नेता सडकमा ओर्लिए पछि
बालुवाटारमा देउवा र प्रचण्डबीच छलफल चलिरहँदा संसद भवनमा प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्षकै नेताहरुबीच एमसीसी कै बिषयमा चर्काे बहस भइरहेको थियो भने बाहिर एमसीसीको विरोधमा सडक तातिरहेको थियो । एमसीसीका कारण बुधबार दिनभरजसो संसद भवन आसपासको सडक पनि तनावग्रस्त बन्न पुग्यो । काठमाडौँमा होइन बाहिरका केहि जिल्लाहरु पनि आन्दोलनले जकडीए । एमसीसीको विपक्षमा उभिएका राजनीतिक दल र उनीहरुका भ्रातृ संगठनले नारावाजीसहित घेराउ र प्रदर्शन गरे ।
प्रदर्शनका क्रममा काठमाडौमा प्रहरी र प्रदर्शनकारीबीच झडप नै हुन पुग्यो ।यो आन्दोलनले काम गरिखाने सर्वसाधरणलाई भने सास्ति । जताबाट कुरो घुमाए पनि आखिर जनता नै मारमा पर्छन । दिनभरको यो चर्तिकलाले तोडफोड, ढुङ्गा मुढा,पानिका फोहोरा भन्दा बाहेक केहि भएन । यि सबैको प्रपञ्च रच्ने भनेका आखिर प्रचण्ड र माधव कुमाार नेपाल नै ठहरिन्छन । बाहिर बाहिर बिरोध गर्ने भित्र भने देउवा संगै लेपासीने । यता हिजो भएको झडपमा माओवादी निकट वाइसीयल र अनेरास्ववियु क्रान्तिकारीका नेता कार्यकर्ता घाइते हुन पुगे भने एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुका तीन दर्जनभन्दा बढी नेता कार्यकर्ता पक्राउ परे । यसैलाई भनिन्छ देखाउने दाँत एउटा खाने दाँत एउटा । प्रचण्ड र नेपालको दाउ पनि त्यस्तै हो बिरोध गरेझैँ गर्ने तर, एमसीसी कै पक्षमा रहने । अर्काे रोचक कुरा के छ भने बानेश्वरमा ठूलो संख्यामा एमसीसीको विरोधमा सडकमा नारावाजी र प्रदर्शन भइरहँदा एमसीसीको पक्षमा पनि प्रदर्शन गर्नेहरु भेटिए । एमसीसीको समर्थनमा स्वतन्त्र नागरिक समाजले अनामनगरबाट सुरु गरेको मोटरसाइकल ¥याली माइतीघरमन्डला लगायत स्थानको परिक्रमा गरेको थियो। शेयर लगानीकर्ता सहभागी ¥यालीले एमसीसी नेपालको विद्युत् विकासको मेरुदण्ड रहेको र विकासमा राजनीति नगर्न माग गरेको थियो ।
देउवालाई गठबन्धन जोगाउन चुनौती
एमसीसीले उत्पन्न गरेको तनाव टरेको हैन, केवल दुई दिन पछिका लागि मात्रै सरेको मात्रै हो । सत्तारुढ दलभित्रकै परस्पर विरोधी निर्णयकाबीच एमसीसीबारे निकास खोज्न गठबन्धनलाई फलामको च्युरा चपाउनु सरह बनेको छ । एमसीसी पेचिलो बन्दै जाँदा प्रधानमन्त्री देउवा एकपछि अर्को विकल्पको खोजीमा छन् । उनलाई एमसीसी पास गर्न मात्रै नभई सत्ता जोगाउनुपर्ने चुनौति पनि छ । गठबन्धनको बलमा प्रधानमन्त्री बनेका देउवाको पहिलो विकल्प प्रचण्ड माधवलाई एमसीसीको पक्षमा उभ्याउनु नै हो । प्रचण्ड माधवलाई एमसीसीको पक्षमा उभ्याउन नसके देउवाले एमालेसँगको सहकार्य सुरु गर्ने छन । एमाले पनि एमसीसीको पक्षमा भएकाले गठबन्धन फुटाउन सहयोग गर्ने संकेत देखिएको छ । गठबन्धन भत्किए सरकारको नेतृत्व आफैले गर्न पाउनुपर्ने सर्त राख्न ऐमालेले राख्ने कतिपयको आँकलन छ । एमालेले सत्ता खोजे देउवाले संसद विघटनको बाटोमा रोज्ने सम्भावना प्रबल रहेको जानकारहरु बताउँछन ।