६८ दिनपछि किन बस्दै छ बागमती प्रदेश सभाको बैठक

7.5k Shares


काठमाडौँ । बागमती प्रदेशसभाको बैठक १६ फागुनमा बस्ने भएको छ ।

 पुस ८ मा अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभा बैठक ६८ दिनपछि बस्ने भएको हो । बुधबार प्रदेश सभा सचिवालयले १६ फागुनमा दिनको १ बजे प्रदेश सभा बैठक बस्ने जानकारी गराएको हो । 

बुधबार हेटौंडामा आह्वान गरेको सर्वदलीय बैठकमा १५ फागुनमा पुनः सर्वदलीय बैठक राख्ने र १६ मा प्रदेशसभा बैठक डाक्ने विषयमा सहमति जुटेको हो ।बुधबार प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले सर्वदलीय बैठक गरेर प्रदेश सभा बैठक बेलाउने निर्णय गरेको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

एमालेले मन्त्रालय विभाजनको औचित्य प्रस्ट्याउनु पर्ने, आफ्नो नेतृत्वको सरकारले ल्याएको योजना कटौती फिर्ता गर्नुपर्ने कारण र नेकपा (एकीकृत समाजवादी)को कमिटी गठन भएको स्थानमा मात्रै बजेट दिने भनेर मुख्यमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर माफी माग्नु पर्ने लगायत माग राख्दै सदन अवरुद्ध गरिरहेको छ ।

 

ताजा अपडेट
सम्बन्धित समाचार