प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु, के छ एजेण्डा ?

9.7k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

स्थायी कमिटी बैठक सकिए लगत्तै नेकपाको केन्द्रीय कमिटी बैठक प‍ेरिसडाँडामा सुरु भएको हो । आज बसेको स्थायी कमिटी बैठकले दलको नेता परिवर्तन गर्ने निर्णय केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने भएको छ।

केन्द्रीय कमिटी बैठकले संसदीय दलको नेता परिवर्तन गर्ने एजेन्डा तय गरेको छ । भर्खरै सकिएको स्थायी कमिटी बैठकबाट दलको नेता फेर्ने एजेन्डा अनुमोदन गरेर केन्द्रीय कमिटी बैठकमा पेस गर्ने भएको हो । 

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड-नेपाल समूहले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गर्ने निर्णय गरेको थियो ।

तर, पुस ५ यता भएका पार्टीका निर्णयहरूलाई निर्वाचन आयोगले मान्यता नदिएपछि प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेताबाट ओलीलाई हटाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लग्ने निर्णय गरेको हो ।

ताजा अपडेट
सम्बन्धित समाचार