हाम्रो जोड गठबन्धन बचाउनेमा छ : प्रचण्ड

11.9k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको जोड गठबन्धन बचाउनेमा भएको बताएका छन् ।

बिहीबार साँझमा पाँच दलीय समन्वय समितिको बैठक बस्नुअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच सिंहदरबारमा छलफल भएको थियो ।

उक्त छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाई कसरी निकास दिने भनेर छलफल भएको बताएका छन। तीन दलबीच साझा धारणा बन्यो भन्ने प्रश्नमा उनले भने, ‘हामी तीन दललाई एक मत बनाउने भनेर लागेकै छैनौं । पाँच दललाई कसरी बचाउने र एमसीसीलाई कसरी निकास दिने भन्ने छ ।’

 

ताजा अपडेट
सम्बन्धित समाचार