निर्वाचन अधिकृत नियुक्ति प्रक्रिया अघि बढ्यो, मतपत्र छपाईका लागि आवश्यक प्रक्रिया कहिले ?

10.2k Shares

काठमाडौं । आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन प्रयोजनमा मुख्य निर्वाचन अधिकृत नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको छ ।

निर्वाचन आयोगकाअनुसार जिल्ला न्यायाधीश, अन्य सेवाका राजपत्रांकित अधिकृत र नेपाल प्रशासन सेवाका राजपत्रांकित द्धितीय श्रेणीका अधिकृत निर्वाचन अधिकृत बन्नेछन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन अधिकृत नियुक्तिका लागि प्रक्रिया अघि बढेको बताएका छ । 

आयोगले कानूनमा भएको व्यवस्था बमोजिम निर्वाचन अधिकृतमा नियुक्ति गर्न नेपाल प्रशासन सेवाका राजपत्रांकित द्धितीय श्रेणीका अधिकृतको नामावली पनि फागुन १५ सम्ममा उपलब्ध गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग माग गरेको छ ।

त्यसैगरी मतपत्र छपाईका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रवक्ता पौडेलको भनाई छ । 

ताजा अपडेट
सम्बन्धित समाचार