काठमाडौँ । सरकारमा रहेको नेपाली कांग्रेस बाहेकका सत्ता गठबन्धनका नेताहरूबीच आज बिहान छलफल भएको छ ।
माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरू माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा छलफल गरेका हुन् ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र अशोक कुमार राई सहभागी रहेका थिए । बैठकले एमसीसीबारे पहिलाकै अडान कायम राख्ने निष्कर्ष निकालेको माओवादी निकट एक नेताले जानकारी दिए ।
सत्ता गठबन्धनको बैठक बस्नुअघि नेताहरूले साझा धारणा बनाउन छलफल गरेका हुन् ।