काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीबारे फागुन ८ गतेको बैठकबाट टुंगोमा पुग्ने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको गठबन्धनको बैठकपछि मन्त्री कार्कीले ८ गते एमसीसीबारे टुंगोमा पुगिने बताएका हुन् ।
‘प्रधानमन्त्रीज्यूले आजको बैठकमा एमसीसीलाई एउटा टुंगोमा पुर्याउन चाहन्छौँ भन्नुभयो । ८ गते बस्ने बैठकबाट हामी टुंगोमा पुग्छौँ,’ मन्त्री कार्कीले भने ।