सुवास नेम्वाङ लगायत ओलीका ७ सांसद पार्टीबाट निलम्बन, ओली पक्षमा धौ-धौ

10k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  नेकपाको प्रचण्ड-नेपाल समूहको आजको बैठकले पार्टीविरुद्ध गतिविधि गरेको भन्दै नेकपा ओली समूहमा लागेका ७ जनालाई पार्टीबाट निलम्बन गरेको छ ।

केन्द्रीय कमिटी बैठकले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई उपनेताबाट हटाउने निर्णय पनि प्रचण्ड-नेपाल समूहले गरेको छ । निलाम्बित भएका नेताहरू विशाल भट्टराई, महेश बस्नेत, प्रभु शाह, निरुदेवी पाल, शान्ता चौधरी, सूर्य थापा र कर्णबहादुर थापालाई ६ महिनाका लागि निलम्बन गरिएको हो ।

आज बसेको स्थायी कमिटी बैठकले तय गरेको एजेण्डामा छलफल गरी केन्द्रीय कमिटी बैठकले कारवाही सम्बन्धी निर्णय समेत गरेका छन् । दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठकले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई पनि हटाउने प्रस्ताव पारित गरेको नेता वर्षमान पुनले बताएका छन् । 

पार्टी गतिविधि विपरीत काम गरेकाले ति नेकपाका नेताहरुलाई पार्टीबाट निष्कासन गरिएका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार