काठमाडौँ । कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले एमसिसीको विषयमा जनतामा भ्रम फैलाएको बताएका छन्।
आज नेपाल प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै उनले केही प्रवृत्ति एमसिसीविरुद्ध लागेको बताएका हुन।
‘उनले भने, एमसिसी नेपालकै हितमा छ संविधानअनुरूप नै छ। भ्रम फैलाइएको मात्र हो, पास गर्नुपर्छ ।’
ओली सरकारकै पालामा केपी ओलीले एमसिसी अनुमोदन गरेको भन्दै सभामुखले कुनै विषयलाई रोकेर राख्ने अधिकार नभएको उनको भनाई छ । ‘त्यही विषय सत्तामा हुँदा ठीक, नहुँदा बेठिक भन्ने कुरा हुन्छ ?’उनले भने।
यस्तै उनले थपे, ‘गठबन्धन त एउटा भोलुन्टरी एशोसियन हो गठबन्धन र यो फरक विषय हो यसमा किन जोड्ने ?
भ्रमको खेती गर्ने र दोहोरो चरित्रका कारण समस्या भएको भन्दै उनले एमसिसी पास भएन भने नेपालको दुर्भाग्य हुने उनको भनाइ थियो। आफू गठबन्धन नबिग्रियोस् भन्ने मनस्थितिमा नरहेको उनले बताए।
‘गठबन्धन पनि नबिग्रियोस, एमसिसी पनि अघि बढोस भन्ने हाम्रो चाहना हो’ उनले भने।