संशोधनबिना एमसीसी संसद्‍बाट पारित गर्न दिँदैनौं : झलनाथ खनाल

11.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले एमसीसी सम्झौतालाई संशोधनबिना संसद्‌बाट पारित गर्न नदिने दाबी गरेका छन्। 

शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले एमसीसी सम्झौतामा राष्ट्रघात हुने खालका पक्षहरु भएकाले संशोधन नगरी संसद्‌बाट पारित गर्न नदिने बताएका हुन्। 


एमसीसी सम्झौता केवल करार सम्झौता मात्रै भएकाले नेपालको संसद्ले अनुमोदन गर्नु आवश्यक नरहेको उनले बताए। यो सम्झौतालाई संसद्ले अनुमोदन गरेमा गलत नजिर बस्ने र नेपालको अन्तर्राष्ट्रिय सम्बन्धहरु नै प्रभावित हुने उनको जिकिर छ।

 

ताजा अपडेट
सम्बन्धित समाचार