देउवाले भने आफुलाई प्रधानमन्त्री नबनाए हुन्छ  तर अफर आए छोडिन्न, भित्रभित्रै के भयो ?

9.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  आज बुधबार भएको चितवनमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने आफुलाई प्रधानमन्त्री नबनाए हुन्छ  तर अफर आए छोडिन्न  उनले  बताए ।

देउवाले भने, मैले प्रधानतमन्त्री मागेको छैन,  जिम्मेवारी छोड्दिन ।  आफूलाई हतार नभएको तर जिम्मेवारी पाए नछोड्ने बताएका छन्  ।  बोल्दाबोल्दै देउवाले आफूले नमागेको तर  जिम्मेवारी दिए त्यसलाई स्वीकार गर्ने बताएका हुन् ।

प्रधानमन्त्री केपी अ‍ोलीले पुस ५ गते  प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएको थियो ।  एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् ।  फागुन ११ गते सर्वोच्च अदालततले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि नेकपाका दुवै समूहले देउवालाई प्रधानमन्त्रीको अफर गरेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार