एमसिसीमात्रै सदनमा टेबल नगर्ने सभामुखको अडान

8.1k Shares

काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठक संघीय संसद भवनको शंकर हलमा जारी छ । आजका लागि बोलाइएको संसद बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले परामर्श समितिको बैठक बोलाएका हुन् । 

सत्ता गठबन्धनले आजै संसदमा एमसिसी टेबल गर्ने सहमति गरेको छ । सत्तारूढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी पनि संसदमा एमसिसी टेबल गर्न सकारात्मक भएपछि एमसिसी टेबल हुने भएको हो ।

तर, सभामुख सापकोटाले भने एमसिसी मात्र सदनमा टेबुल नगर्ने अडान लिएका छन् । माओवादी निकट स्रोतका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा बैठक अवरोधकाबीच एमसिसीमात्र सदनमा टेबल गर्न नहुने तर्क राखेका हुन् ।

यसअघि आजै बसेको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसी सदनभन्दा अगाडि संसदीय समितिमा लैजाने फरक प्रस्ताव राखेका थिए । तर, प्रचण्डको प्रस्तावलाई बेवास्ता गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी संसदमै टेबुल गर्नुपर्ने बताएका थिए ।

माओवादी निकट स्रोतका अनुसार आजको बैठकमा पनि सभामुख सापकोटाले एमसिसीमात्रै टेबल नगर्ने अडान लिएका हुन् । 

ताजा अपडेट
सम्बन्धित समाचार