एमसीसी संसदमा पेस हुने कार्यसूची सार्वजनिक, माओवादीले दियो लिखित विरोध पत्र

8.6k Shares

काठमाडौँ । अमेरिकी सहायता परियोजना एमसीसी आज आइतवारको संसद् बैठकमा पेस हुने पक्का भएको छ । सङ्घीय संसद् सचिवालयले संसदको दैनिक कार्यसूचीमा एमसीसी पेस हुने उल्लेख गरेको छ ।

यसैबीच एमसीसी सम्झौता संसदमा पेस गर्ने निर्णयप्रति माओवादीले कार्यव्यवस्था परामर्श समितिमै विरोध गरेको छ । 

आजको बैठकमा माओवादीका प्रमुख सचेतक देव गुरुङ र सदस्यहरू जयपुरी घर्ती र रेखा थापाले लिखित रूपमै असहमति राखेका छन । उनीहरूले संशोधनविना एमसीसी पेस गर्ने सहमतिप्रति गम्भीर आपत्ति रहेको जनाएका हुन । 

release_25IwK9uHzJ.jpg

ताजा अपडेट
सम्बन्धित समाचार