काठमाडौँ । अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल भएको छ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता टेबल गरेका छन्। अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार मन्त्री कार्कीले प्रतिनिधि सभामा एमसीसी सम्झौता टेबल गरेका हुन्।
यो सम्झौता कार्यान्वयनमा जानुअघि संसद्ले अनुमोदन गर्नुपर्छ। यसलाई संसद्को सामान्य बहुमतले अनुमोदन गर्नसक्ने व्यवस्था रहेको छ।