काठमाडौँ । चौतर्फी विरोधकाबीच प्रतिनिधि सभामा अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पेश भएको छ ।
आइतवार बसेको प्रतिनिधि सभा बैठकमा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गरेका हुन् । नेकपा एमालेको विरोधका बावजूद प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले मन्त्री कार्कीलाई एमसीसी टेबल गर्न समय दिएका थिए ।
मन्त्री कार्कीले एमसीसी टेबल गर्ने प्रस्ताव पढिरहँदा माओवादी केन्द्रका सांसदहरूले उभिएर विरोध जनाए ।
वेलमा एमाले सांसदको नाराबाजी चलिरहेको समयमा माओवादी सांसदहरू उठेर विरोध जनाएका हुन् । नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालले भने वेलमै पुगेर नाराबाजी गरे ।