एमसीसी टेबल भएपछि एमाले आन्तरिक छलफलमा, के आउला निश्कर्ष ?

20.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ । सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आन्तरिक छलफलमा जुटेको छ । 

एमालेको संसद अवरोधकै बीच आइतबार सरकारले विवादित एमसीसी संसद बैठकमा पेश गरेको हो । आइतबारको संसद बैठक लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका शीर्ष नेतासँग आन्तरिक छलफलमा जुटेका हुन् । 

एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने , ‘अहिले हामी अध्यक्षज्युसँग छलफलमा छौ।’  स्रोतका अनुसार अध्यक्ष ओलीसँगको छलफलमा नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल लगायत छन् । 

यसअघि एमसीसीबारे नेपालका राजनीतिक दलहरु विभाजित भएका बेला कुनै निर्णय गर्न नसकेको एमालेले संसदमा टेबल भएपछि मात्र आफ्नो पार्टीले धारणा बनाउने बताउँदै आएको थियो ।

 

ताजा अपडेट
सम्बन्धित समाचार