कांग्रेस र एमालेका दुई दर्जन नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश,यस्तो छ कारण ? 

8.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेका करिब दुई दर्जन नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  

उनीहरूलाई आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् । सो अवसरमा देशभर माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको अध्यक्ष प्रचण्डको दाबी थियो । 

माओवादी प्रवेश गर्नेहरूमा नेकपा एमालेमा रहेका रौतहट जिल्ला मोलापुर नगरपालिकाका कार्यपालिका सदस्य कामेश्वरप्रसाद साह, सुदूरपश्चिमबाट नेपाली कांग्रेसमा क्रियाशील पूर्वशिक्षक जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र पत्रकार विनोदप्रसाद भट्टलगायत रहेका छन् । 

Party_arbesh_4Jv5bNdRQQ.jpg

ताजा अपडेट
सम्बन्धित समाचार