काठमाडौं । पूर्वसंचारमन्त्री एवं नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमसीसीको विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दोहोरो चरित्र देखाएको बताएका छन ।
उनले सामाजिक संजाल ट्वीटर मार्फत यस्तो बताएका हुुन । उनले एमसीसीको विरोध पनि गर्ने अनि सरकारमा पनि बसिरहेको बताउदै दाहाल र नेपाल प्रति असन्तुष्टि जनाएका छ ।
’एमसीसी छाती ठोकेर पास गर्छु भन्दै आएका देउवासँग सत्ता गठबन्धन गर्ने माधव–पुकदा ।संसदमा टेबल गर्न सहमति दिने पनि उनै, सडकमा कार्यकर्ता उफार्ने नि उनै । पुलिस लगाएर चुटाउने नि उनै, दमन भो भन्ने पनि उनै । कम्फरटेवलको अर्थ त बल्ल बुझियो’, उनले भने।
फेरी आफ्नै कार्यकर्तालाई प्रहरी लगाएर चुटाएको आरोप समेत उनले प्रचण्ड–माधवमाथि लगाएका छन ।
