कांग्रेस नेता पौडेलले सत्ता साझेदार दलका शीर्ष नेता किन भेट्दै छन ?

10.8k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता साझेदार दलका प्रमुखहरुलाई भेट्दने भएका छन् ।

नेता पौडेल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई छुट्टाछुट्टै भेट गर्न लागेका उनी निकट स्रोतले जनाएको छ । 

उनले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट अनुमोदन र सत्ता गठबन्धन जोगाउनेबारे प्रचण्ड, नेपाल र यादवसँग छलफल गर्न लागेका हुन् । एमसीसी संसदमा पेश गर्न तयार भएका यी तीनै नेताले विपक्षमा मतदान गर्ने जनाएका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार