प्रदेश १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन आह्वान, प्रदेशको नाम टुङ्गो लाग्ला त ?

8.1k Shares

काठमाडौँ । प्रदेश १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन फागुन १५ गते बस्ने भएको छ।

विराटनगरस्थित प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले नवौं हिउँदे अधिवेशनको सातौं बैठक फागुन १५ गते दिउँसो १ बजे आह्वान गरिएको जानकारी दिएका हुुन् ।

गत मंसिर १ गते स्थगित बैठक करिब ३ महिनापछि बस्न लागेको हो। सचिव पराजुलीका अनुसार सो दिन बिहान कार्य व्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गरी प्रदेशसभामा छलफल अघि बढाइने भएको छ।

उक्त अधिवेशनमा विभिन्न तीन विधेयकको विषयमा समेत छलफल हुने पराजुलीको भनाइ छ। जसमा प्रदेश सरकार आर्थिक तथा वित्तीय कार्यविधि, प्रदेश सरकार ऐन संशोधन विधेयक, प्रदेश अनुसन्धान प्रशिक्षण प्रतिष्ठानमा छलफल हुने छ । 

त्यसैगरी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले अघिवेशनमा प्रदेशको नामकरणको विषयमा साझा र सहमतिको प्रयास हुने बताएका छन । प्रदेशको नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न स्वास्थ्यमन्त्री जयराम यादवलाई प्रदेश सरकारले जिम्मेवारी दिएको छ।

सोहीअनुसार मंगलबार गठबन्धन सरकारसँगै प्रमुख प्रतिपक्षी दल, विभिन्न राजनीतिक दलका प्रदेश अध्यक्ष तथा सभापतिसँग छलफल गर्न सर्वदलीय बैठक बोलाइएको छ।

ताजा अपडेट
सम्बन्धित समाचार