एकताको पक्षमा वामदेवको कस्तो छ अभियान ?

9.1k Shares
सम्बन्धित पार्टी

काठमाडौं ।  नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रचण्ड–माधव पक्ष र ओली पक्षको दोस्रो तहका नेताहरुलाई एकताबद्ध गरी अभियान अगाडि बढाउने जनाएको छ । 

बिहिबार कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप लगाउन निजामति अस्पताल बानेश्वर पुगेका गौतमले सञ्चारकर्मीसँग कुरा गर्दै पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष र केपी शर्मा ओली पक्षका दोस्रो पुस्ताका नेताहरुलाई एकताबद्ध गरी पार्टी एकताको निम्ति दबाब दिने बताएका हुन् ।

एकताको पक्षमा नहुने नेताहरुलाई भोट नदिने सम्मको अवस्था सिर्जना गर्ने उनको भनाई छ । उपाध्यक्ष गौतमले विभाजन उन्मुख रहेको नेकपाको कुनै पक्षमा पनि नलागि एकता अभियानमा लाग्ने स्पष्ट पारे  ।  

यो अभियान अब हामिले चलाउँदै छौँ र चारैतिरबाट यि दुइटा नेतालाई घेराबन्दी गर्न सकियो भने एकता गर्न सकिएला । पार्टी एकताको निम्ति आव्हान गर्ने नेताको पक्षमा आफु उभिनसक्ने पनि उनको भनाई छ ।

 

 

ताजा अपडेट
सम्बन्धित समाचार